‘बिजुली नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा पर्‍यो’

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘बिजुली नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा पर्‍यो’

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले गुणस्तरीय विद्युत् ऊर्जा नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा परेको बताएका छन् ।

उद्योग संगठन मोरङले  विराटनगरमा आयोजना गरेको ‘नेपालको ऊर्जा सङ्क्रमण’ कार्यक्रमका सहभागी उद्योगी व्यवसायीले बिजुली नियमित गर्न माग गरेका हुन् । बिजुली भारतमा बेचेर धनी नहुने भन्दै जलस्रोतविद्हरूले स्वदेशमै विद्युत् खपत बढाउनु पर्नेमा जोड दिए । भारतमा बिजुली बेच्दा प्रति युनिट ६ सेन्ट पाउने तर नेपालमै खपत गरे प्रति युनिट ८६ सेन्ट कमाउने उनीहरूको भनाइ छ । 

सन् २०२२/२३ मा नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् व्यापारमा नौ अर्ब घाटा बेहोरेको तर समग्र रुपमा प्राधिकरणले २४ प्रतिशत मुनाफा कमाएको भन्दै जलस्रोतविद् दीपक ज्ञवालीले नेपालीलाई महँगोमा बिक्री गरेर भारतसँगको विद्युत् घाटा पूर्ति गरेको बताउनु भयो । 

विद्युत् सङ्कट समाधान गर्न छाता विद्युत् ऐन आवश्यक रहेको पनि सहभागीहरूले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement