एक महिनादेखि बन्द रहेका ट्रायल सेन्टर असार २ गतेदेखि खुल्ने

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक महिनादेखि बन्द रहेका ट्रायल सेन्टर असार २ गतेदेखि खुल्ने

काठमाडौं । एक महिनादेखि बन्द रहेको सवारी लाइसेन्सका ट्रायल सेन्टर आइतबार (असार २ गते) देखि खुल्ने भएका छन् । निर्देशिकाअनुसार मापदण्ड नपुगेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले बन्द गरेका ट्रायल सेन्टरहरु पुनः सञ्चालन गर्न लागिएको हो ।

काठमाडौं उपत्यका चार ट्रायल सेन्टरहरु मापदण्ड अनुसारका नभएको उजुरीपछि सतर्कता केन्द्रले मापदण्डअनुसार सञ्चालन गर्न परिपत्र गरेको थियो । त्यही बहानामा ट्रायल सेन्टरहरुले लाइसेन्सको प्रयोगात्मक परीक्षा ठप्प पारेका थिए ।

ट्रायल सेन्टरहरुले मापदण्डअनुसार ट्रायल सेन्टर मर्मत गरेसँगै सतर्कता केन्द्रले पुनः सञ्चालनको अनुमति दिएको हो । सतर्कता केन्द्रले निजी सवारीसाधनको प्रयोग गरी प्रयोगात्मक परीक्षा दिने व्यवस्था लागु गर्नसमेत अनुरोध गरेको छ ।

सतर्कता केन्द्रले गत चैत १२ गते ट्रायल सेन्टरको त्रुटि पहिचान गर्न छानबिन समिति बनाएको थियो । समितिले सवारी चालक परीक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ बमोजिम नरहेको प्रतिवेदन दिएको थियो । यातायात व्यवस्था कार्यालयहरुले आगामी आइतबारदेखि ट्रायल परीक्षा सञ्चालन गर्ने जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.