७३ मेगावाटको मध्य-तमोर आयोजनाबाट विद्युत् उत्पादन

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
७३ मेगावाटको मध्य-तमोर आयोजनाबाट विद्युत् उत्पादन

काठमाडौं । ७३ मेगावाटको मध्य-तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ ।

सानिमा समूहअन्तर्गत निर्माण भएको मध्य-तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् २२० केभी कोशी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ । यससँगै १४७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

निकट भविष्यमै जुम हाइड्रोसमेत जोड्दा सानिमा समूहद्वारा निर्मित आयोजनाको क्षमता दुई सय तीन मेगावाट पुग्नेछ । उत्पादित विद्युत् १५ दिन नेपाल प्राधिकरणलाई नि:शुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोसी करिडोरमा जोडिएको आयोजनाले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement