ऊर्जा क्षेत्रमा संलग्नहरूलाई नेपालमा लगानी गर्न भारतस्थित नेपाली दूतावासको आग्रह

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
ऊर्जा क्षेत्रमा संलग्नहरूलाई नेपालमा लगानी गर्न भारतस्थित नेपाली दूतावासको आग्रह

नयाँ दिल्ली । नेपाल सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन २०२४ लाई लक्षित गरेर भारतस्थित नेपाली दूतावासले भारतीय लगानीकर्ताको सहभागिता बढाउन उनीहरूसँगको भेटघाट र अन्तर्क्रिया बढाएको छ ।

फरक-फरक क्षेत्रका लगानीकर्ताहरूसँग छुट्टा छुट्टै अन्तर्क्रिया गर्दै आएको दूतावासले आज नयाँ दिल्लीमा ऊर्जा क्षेत्रमा संलग्नहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले भारतमा ऊर्जाको आवश्यकता रहेको र त्यसको स्रोत नेपालसँग रहेकाले सहकार्यको प्रशस्तै ठाउँ रहेको बताएका छन् । 

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था -इप्पान का पदाधिकारीहरूले भारतीय लगानीकर्तालाई नेपालीसँगको सहकार्यमा नेपालमा लगानी गर्न समेत आग्रह गरेको छ । 

लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते गते काठमाडौंमा हुँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.