पेट्रोल प्रतिलिटर ४ रुपैयाँले बढ्यो, डिजेल र ग्यासको मूल्य यथावत्

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
पेट्रोल प्रतिलिटर ४ रुपैयाँले बढ्यो, डिजेल र ग्यासको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले मूल्य बढाएको निगमले जनाएको छ ।

१७१ रुपैयाँ प्रतिलिटर पर्ने पेट्रोललाई उपभोक्ताले अब प्रतिलिटर १७५ रुपैयाँ तिर्नुपर्नेछ । निगमले डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार डिजेल र मट्टितेलमा ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा एलपी ग्यास प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटेर आएको र ग्यासमा अझै प्रतिसिलिन्डर २९६ रुपैयाँ १५ पैसा घाटामा रहेको निगमले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.