काठमाडौं तराई-मधेश द्रुतमार्ग निर्माण सुस्त, सुरुङ र पुलको काम भने धमाधम

६ महिनामा तीन सुरुङ ‘ब्रेक थ्रु’को तयारी
समग्र प्रगति भने ३१ प्रतिशत मात्रै
फाल्गुन ६, २०८० |भरत रावल
काठमाडौं तराई-मधेश द्रुतमार्ग निर्माण सुस्त, सुरुङ र पुलको काम भने धमाधम

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं तराई-मधेस द्रुतमार्ग निर्माण सुरु भएको ४ वर्ष भयो । २०७१ सालमै नेपाली सेनाले निर्माणको जिम्मा पाए पनि २०७४ मा मात्र शिलान्यास भएको थियो । द्रुतमार्गको ७०.९७ किलोमिटरमध्ये अहिलेसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति छ ।

सुरुवाती दिनमा सुस्त देखिएको यो आयोजनाले पछिल्लो समय केही गति लिएको छ । अहिले द्रुतमार्गमा तीनवटा सुरुङ र ६७ पुल निर्माण भइरहेका छन् । सुरुङमार्गको दसैंअगाडि नै ब्रेक थ्रु गर्ने हिसाबले काम भइरहेको आयोजनाले जनाएको छ ।

पुल विज्ञ दाहोङ किम भन्छन्, ‘यो धरहराभन्दा पनि अग्लो छ, यस क्षेत्रकै अग्लो यो संरचना बनाउन हामीले एपीसीएम प्रविधि प्रयोग गरेका छौं ।’

विस्तृत भिडियोमा...


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।