कोरियाली भाषा परीक्षा भोलिदेखि, डेढ लाख परीक्षार्थी सहभागी हुँदै

फाल्गुन ६, २०८० |कान्तिपुर टीभी संवाददाता
कोरियाली भाषा परीक्षा भोलिदेखि, डेढ लाख परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।

भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् ।

ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् ।

एक लाख ६३ हजारभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिए पनि करिब १६ हजार मात्र छनोट हुनेछन् । सीप बिल्डिङतर्फका परीक्षार्थीसमेत उत्पादनमूलक क्षेत्रमा सहभागी हुने व्यवस्था भएपछि परीक्षार्थीको संख्या बढेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.