सुनको मूल्य तोलामा पाँच सय बढ्यो

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य तोलामा पाँच सय बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

छापावाल सुन तोलाको एक लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन हिजो प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । मंसिर महिना लागेयता सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ ।

आज चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन एक हजार ४५० रुपैयाँ मूल्यमा कारोबार भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.