काठमाडौंमा तरकारीको मूल्य घट्यो, खुद्रा बजारमा महँगी कायमै

काउली, भन्टा, मुला र सिमी प्रतिकिलो १५ रुपैयाँसम्ममा बिक्री
कार्तिक ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा तरकारीको मूल्य घट्यो, खुद्रा बजारमा महँगी कायमै

काठमाडौं । काठमाडौंका थोक बजारमा अधिकांश तरकारीको मूल्य घटेको छ ।

थोक बजारमा धेरैजसो तरकारीको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा कम छ । आज कालीमाटी तरकारी बजारमा काउली, भन्टा, मुला र सिमीको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँमा बिक्री भइरहेको छ । चाडबाड मनाउन धेरै मानिस काठमाडौं बाहिर गएकाकाले खपत कम भई मूल्य घटेको तरकारी व्यापारीहरुको भनाइ छ ।

आलु-प्याजको मूल्य भने घट्न सकेको छैन । नयाँ आलु प्रतिकिलो ४० रुपैयाँ र प्याज ९० रुपैयाँमा बिक्री भइरहेको छ । प्याज निर्यातमा भारत सरकारले ४० प्रतिशत कर र नेपाल सरकारले आयातमा १३ प्रतिशत भ्याट लगाउँदा मूल्य घट्न नसकेको हो । काठमाडौंमा २४ वटा थोक बजारमा दैनिक १५ सय टन तरकारीको खपत हुने गरेको छ ।

काठमाडौंमा काभ्रे, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लाबाट तरकारी आपूर्ति हुने गरेको छ । थोक बजारमा तरकारीको मूल्य घटे पनि खुद्रा विक्रेताले भने आफूखुसी बिक्री गर्दै आएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.