त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको आन्दोलन जारी

भाद्र २६, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको आन्दोलन जारी

काठमाडौं । काम गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आज पनि आन्दोलन जारी राखेका छन् ।

हिजोदेखि त्रिभुवन भन्सार कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै निकासी तथा पैठारी बन्द गरेका कर्मचारीले आज पनि आन्दोलन जारी राखेका हुन् । दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने काम भएको भन्दै उनीहरुले १२ भदौमा सामूहिक सरुवा माग गरेका थिए । विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म काम गर्न नसकिने उनीहरुको अडान छ ।

माग पूरा नभए भोलिदेखि सम्पूर्ण कार्य ठप्प गरेर कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यसमेत प्रभावित हुने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

Enter Kantipur TV HD
Advertisement