५१ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब नाघ्यो

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
५१ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार मंगलबार ५१. ३१ अंकले बढेको छ । योसँगै नेप्से १९४२ अंकमा रोकिएको छ । सेन्सिटिभ इन्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ अंकमा पुगेको छ ।

यसअघि सोमबार ८.१० अंकले नेप्से बढेको थियो । आज कुल २१९ कम्पनीको मूल्य बढ्दा २ वटाको घट्दा एउटाको स्थिर रहृयो ।

मंगलबार सेयर बजारका सबै उपसमूह बढेका छन् । नेप्सेमा मंगलबार २७१ कम्पनीका ३८ हजार सात सय ९६ पटक सेयर किनबेच भए । जसअनुसार ६० लाख ६७ हजार चार सय ३२ कित्ता सेयर किनबेच हुँदा यस दिन कारोबार रकम २ अर्ब २० करोड पुगेको छ ।

नेप्सेमा १३ वटै समूहका सूचकमा हरियाली छाएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २१.१० अंकले बढेर १२४३.९४ अंकमा पुग्दा विकास बैंक समूहको सूचक ८२.८६ अंकले बढेर ३५९२.७२ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक ४९.३५ अंकले बढेर १६४६.१० अंकमा पुग्दा जलविद्युत् समूहको सूचक ६४.८४ अंकले बढेर २४३६.९ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक ३६५.३४ अंकले बढेर ९९८२.५७ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक ३५५.२१ अंकले बढेर ९४३७.०२ अंकमा पुगेको छ । यस्तै होटेल तथा पर्यटन १२८, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि बढेका छन् ।

धेरै मूल्य बढ्ने कम्पनीमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त रहे । यी सबै कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.