सुनको मूल्य दुई सयले बढ्यो

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य दुई सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ ।

छापावाल सुन आज प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य एक लाख चार हजार ६ सय रुपैयाँ थियो ।

तेजाबी सुन आज दुई सयले बढेर एक लाख चार हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार तेजाबी सुनको मूल्य एक लाख चार हजार एक सय रुपैयाँ कायम गरिएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा पाँच रुपैयाँ घटेर चाँदी एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औन्स एक हजार ८७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.