नागरिक समाज सुदृढीकरणका लागि नेपाललाई अमेरिकाको ७ अर्ब सहयोग

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
नागरिक समाज सुदृढीकरणका लागि नेपाललाई अमेरिकाको ७ अर्ब सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडी प्रमुख समान्था पावरले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि करिव सात अर्ब रुपैयाँबराबरको आर्थिक सहयोगको घोषणा गरेकी छन् ।

आज (मंगलबार) पाटनमा आयोजित एक कार्यक्रममा यूएसएआईडी प्रमुख पावरले नेपालको लोकतान्त्रिक उन्नतिका लागि पाँच करोड ८५ लाख अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेकी हुन् । उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई समृद्ध बनाउन अमेरिकाले निरन्तर सहयोग गर्ने पनि स्पष्ट पारिन् । नेपालको दुई दिने भ्रमणका लागि समान्था आज बिहान काठमाडौं आएकी हुन् ।

उनले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गरिन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन तथा अमेरिकाले गर्ने सहयोगलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि समान्थाले मंगलबार बिहानै भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयको भ्रमण गरेकी थिइन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय अमेरिकी सहयोगमा पुनर्निर्माण गरिएको । सो अवसरमा समान्थाले छात्राहरुसाग बास्केटबल पनि खेलेकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.