३२ अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
३२ अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१६ अंक बढेको छ । आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको सेयर कारोबार भएकामा आइतबार दुई अर्ब माथि भएको हो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ । वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ ।

आइतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशत बढेको छ । त्यस्तै, जीवन विकास लघुवित्तको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंकको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । आइतबार हिमालयन डिस्टिलरीको ४५ करोड चार लाख रुपैयाँबराबरको सेयर खरिद-बिक्री भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.