नेसनल म्युजिक अवार्ड्स : ओमविक्रम विष्टलाई लाइफटाइम अचिभमेन्ट

जेष्ठ ३२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेसनल म्युजिक अवार्ड्स : ओमविक्रम विष्टलाई लाइफटाइम अचिभमेन्ट

काठमाडौं । यस वर्षको ‘नेसनल म्युजिक अवार्ड्स’ मा लाइफटाइम अचिभमेन्टको अवार्ड पप सम्राट ओमविक्रम विष्टले प्राप्त गर्नुभएको छ ।

रेडियो कान्तिपुरले आज साँझ आयोजना गरेको छैटौं संस्करणको ‘नेसनल म्युजिक अवार्ड्स’ मा गायक विष्टले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएको हो ।

यस्तै, उत्कृष्ट संगीत निर्देशकको अवार्ड महेश खड्का, उत्कृष्ट गीतकार प्रदीप मैनाली, उत्कृष्ट ब्यान्ड-स्वर तथा उत्कृष्ट पप गायिका सुवानी मोक्तान, उत्कृष्ट पपगायक सुशान्त केसी, उत्कृष्ट लोकगायक प्रकाश सपुत र उत्कृष्ट लोकगायिकाको अवार्ड शान्तिश्री परियारले हात पार्नुभएको छ ।

यसैगरी, पिपल्स च्वाइस अवार्ड स्वप्न सुमन र समीर श्रेष्ठले प्राप्त गर्नुभएको छ । योसहित १३ विधामा अवार्ड वितरण गरिएको हो ।

कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले हरेक वर्ष अवार्डलाई थप परिस्कृत र बृहत् पार्दै लगेको र यसले नेपाली संगीतको श्रीवृद्धि र उन्नयनमा इँटा थप्ने काम गरेको बताउनुभयो ।

नेसनल म्युजिक अवार्ड्समा उत्कृष्ट तथा सर्वोत्कृष्ट स्रष्टाको छनोटका लागि अलग-अलग जुरीको गठन गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.