‘एजुकेसन फर पिस थ्रु काउन्टरिङ भाइलेन्स’ सार्वजनिक

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
‘एजुकेसन फर पिस थ्रु काउन्टरिङ भाइलेन्स’ सार्वजनिक

काठमाडौं । शिक्षाका माध्यमबाट कसरी हिंसा न्यूनीकरण र शान्तिको प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयवस्तु समेटिएको पुस्तक ‘एजुकेटिङ फर पिस थ्रु काउन्टरिङ भाइलेन्स’ सार्वजनिक गरिएको छ ।

ललितपुरमा आइतबार आयोजित कार्यक्रममा प्राध्यापक महेशनाथ पराजुली, भोला थापा, चिन्तामणि योगी र नेपालका लागि नर्वेका राजदूत टोरुन द्रामदलले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । ‘एजुकेसन फर पिस थ्रु काउन्टिक भाइलेन्स’ का सम्पादक राजकुमार ढुंगानाका अनुसार पुस्तकले हिंसा छोडेर शान्तिप्रक्रियामा जान शिक्षा कति अनिवार्य छ भन्ने सन्देश दिएको छ ।

शान्ति अनुसन्धानकर्ता राजकमार ढुंगाना र अमेरिकी लेखक क्यान्डिस कार्टरले उक्त पुस्तक सम्पादन गरेका हुन् । अंग्रेजी भाषामा प्रकाशित यो पुस्तक ‘रुटलेज पब्लिकेसन’ ले प्रकाशित गरेको हो । यसको मूल्य १७० अमेरिकी डलर अर्थात् झन्डै २३ हजार रुपैयाँ राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.