सुषमा आचार्यको ‘अक्षरको आयतन’

वैशाख २९, २०८० |कान्तिपुर टीभी संवाददाता
सुषमा आचार्यको ‘अक्षरको आयतन’

काठमाडौं । कवि सुषमा आचार्य ‘अंशु’ द्वारा रचित ‘अक्षरको आयतन’ कविता संग्रह लोकार्पण गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमसहित कवि-साहित्यकारले संयुक्त रूपमा कृति विमोचन गरेका हुन् ।

संग्रहमा नारी अधिकार, देशप्रेम, प्रकृतिप्रेम, मानवीय प्रेम र समसामयिक विकृतिमाथि लेखिएका कविता छन् । कार्यक्रममा समालोचक डा. गौतमले आचार्यका केही कविता स्रष्टासँग वार्ता गरेजस्तै रहेको धारणा राखे । संकेतात्मक रूपमा लेखिएका कविता वेदका मन्त्रजस्ता सूक्तिमय रहेको उनको भनाइ छ ।

कृतिमा समालोचकीय टिप्पणी गर्दै डा. शान्तिमाया गिरीले सुषमाका कविता संग्रहको शीर्षकजस्तै विषयको आयातन पनि फराकिलो रहेको जनाइन् । आचार्यको यो पहिलो एकल कविता संग्रहमा ३६ वटा कविता समावेश छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.