वासु शशि पुरस्कार भोजपुरे, श्यामल र गोपीकृष्णलाई

फाल्गुन १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
वासु शशि पुरस्कार भोजपुरे, श्यामल र गोपीकृष्णलाई

काठमाडौं । वासु शशि स्मृति परिषद्‌ले वरिष्ठ साहित्यकार हीरण्य भोजपुरेलाई ‘वासु शशि साहित्य सम्मान २०७९’ प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी साहित्यकार श्यामललाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्रसहित ‘वासु शशि साहित्य पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । अनुसन्धानकर्ता उप-प्राध्यापक डा. गोपीकृष्ण खतिवडालाई नगद २१ हजार रुपैयाँ र सम्मानपत्रसहित ‘वासु शशि पुरस्कार २०७९’ प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

वरिष्ठ कवि एवं नाटककार वासु शशिको ८७औं जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते आयोजना गरिने कार्यक्रममा सबै सम्मान प्रदान गरिने परिषद्का सचिव प्रधुम्न जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.