किरण मानन्धरलाई कलाश्री सम्मान, अन्य ५ प्रतिभालाई पुरस्कार

पुस १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
किरण मानन्धरलाई कलाश्री सम्मान, अन्य ५ प्रतिभालाई पुरस्कार

काठमाडौं । वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरलाई अमूल्य राष्ट्रिय कलाश्री सम्मानबाट सम्मानित गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले २०७९ का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान मानन्धरलाई दिने निर्णय गरेको हो ।

यसैगरि प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारहरु पनि घोषणा गरेको छ । ललितपुरमा बसेको निर्णायक समितिको बैठकले यस वर्षको राष्ट्रिय कलाश्री पुरस्कार प्रसिद्ध समालोचक प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम र ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार लोकप्रिय कवि निबन्धकार भूपिनलवाई प्रदान गरिने छ ।

प्रतिष्ठानले बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा कवि डा. टंक उप्रेती, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार वरिष्ठ सृजनशील फोटोग्राफर जगदीश तिवारीलाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार लोकप्रिय गायिका मेलिना राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सो सम्मान र पुरस्कार छिटै काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.