बबरमहलका कार्टुनमा नेपालको शिक्षा

पुस १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
बबरमहलका कार्टुनमा नेपालको शिक्षा

काठमाडौं । नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ ।

परिषद्‌मा नेपालको वर्तमान शिक्षा अवस्थाबारे कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई कटाक्ष गर्दै कार्टुन प्रदर्शनी भएको हो । रुपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिस्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनलाई प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतिमाथि व्याङ्‌य गरेका छन् । प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुन राखिएका छन् ।

नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीको बाध्यता कार्टुनमा चित्रण गरिएको छ । साथै कार्टुनमा नेपालका सहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।

यो पनि...

बानेश्वरको भित्तामा समावेशी चित्र !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.