तेह्रथुमका पहिला नाटककारको 'पसिनाले भिजेको जिन्दगी' लोकार्पण

मंसिर २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
तेह्रथुमका पहिला नाटककारको 'पसिनाले भिजेको जिन्दगी' लोकार्पण

काठमाडौं। गीतकार हरिभक्त बुढाथोकीको पुस्तक पसिनाले भिजेको जिन्दगीको आज लोकार्पण गरिएको छ ।

यो आत्मकथामा आधारित कृति हो । यस कृतिमा लेखकले आफूले भोगेको र देखेको जीवनसहित बुढाथोकी वंशावलीका बारेमा समेत उल्लेख गरेका छन् । आठ दशक पार गरिसकेका बुढाथोकी तेह्रथुमका पहिलो नाटककार हुन् ।

त्यसबाहेक उनी ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखकसमेत हुन । आफ्ना पुराना कृतिलाई पुनर्मुद्रण गर्दै आएका बुढाथोकी रोटरी डिस्ट्रिक्ट गान तथा पतञ्जलि योग गानको रचनाकार हुन ।

उनले साहित्य सिर्जनालाई निरन्तरता दिँदै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.