सुरु भयो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको २० ‌औँ संस्करण

मंसिर २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुरु भयो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको २० ‌औँ संस्करण

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको बिसौँ संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा सुरु महोत्सवमा भाग लिन विभिन्न देशका १२ जना निर्माता काठमाडौं आएका छन् । महोत्सवमा बलिउड अभिनेता तथा निर्देशक प्रकाश झाले नेपाल र भारतको चलचित्र विकासबारे छलफल गरेका थिए। उनले चलचित्र चल्न कथा र त्यसको प्रस्तुति नै राम्रो हुनुपर्ने बताए।

२६ गतेसम्म चल्ने महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र प्रदर्शन गरिने छ । सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन् ।

महोत्सवको पहिलो दिन आज विद्या चापागाईँले निर्माण गरेको ‘बाघको बङ्गारा’ प्रिमियर भएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.