बानेश्वरको भित्तामा समावेशी चित्र !

मंसिर २२, २०७९ |जितेन्द्र झा
बानेश्वरको भित्तामा समावेशी चित्र !

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको पूर्वपट्टि पुरानो ट्रली बसको कार्यालयमा यतिबेला यातायात व्यवस्था कार्यालय बसेको छ । कार्यालयको पर्खाल यतिबेला स्ट्रीट आर्ट, अर्थात् सडक कलाले रंगीचंगी र आकर्षक बनेको छ ।

नेपाली र विदेशी चित्रकारहरूले मिलेर सामाजिक समावेशीकरण र समानता देखाउन पर्खालमा आकर्षक चित्र कोरेका छन् । यहाँ कलाकारले थाङ्कादेखि मिथिला चित्रकलासम्मका कला पस्केका छन् ।

सर्लाहीकी मनीषा साह, भक्तपुरका सुदीप बल, सिन्धुलीका खेमबहादुर पाल्पाली, ललितपुरका किरण महर्जन र अमेरिकी चित्रकार म्यान वनले यातायात व्यवस्था विभागका पर्खालमा तीन दिनदेखि चित्र कोर्दै छन् ।

स्ट्रीट आर्ट प्रोजेक्ट २०२२ अन्तर्गत सडक छेउका पर्खालमा चित्रकला गरिएको हो । यो प्रोजेक्ट अमेरिकी दूतावासको सहयोगमा सञ्चालित छ ।

पाँचजना कलाकारले आ–आफ्नै संस्कृति झल्काउने गरी चित्र कोरेका छन् । मनिषाले फरक–फरक रंग भएकी चार महिलालाई भित्तामा कोरेकी छन् । चारैजनाको छालाको रंग भने फरक फरक छ ।

रंग फरक हुँदैमा मानिस–मानिसबीच विभेद गर्नुहुन्न भन्ने आफ्नो थिम रहेको मनिषाले बताइन् ।

एउटै भित्तामा थाङ्कादेखि मिथिला चित्रकलालाई समेट्न पाउँदा गर्व लागेको उनले कान्तिपुरलाई बताइन् ।

स्ट्रीट आर्टका क्युरेटर कैलाश श्रेष्ठले सामाजिक समावेशिताको विषय पब्लिक डिस्कोर्सका विषयसमेत भएकाले यसमा काम थालेको बताए । उनले भित्तेकला विविधतामा एकता देखाउने प्रयत्न भएको प्रष्ट्याए।

तस्बिरहरू : छिरिङ लामा

यी सामग्रीहरू पनि पढ्नुहोस् !

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।