१५ दिनपछि खुल्यो मालढुङ्गा पुल, मध्यपहाडी लोकमार्गमा सवारी आवागमन सुरु
कालीगण्डकी नदीमा आएको बाढीले मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड जोड्ने मालढुङ्गास्थित मोटरेवल पुलमा क्षति पुगेपछि सडक सम्पर्कबाटै वञ्चित बनेको बागलुङमा १५ दिनपछि सवारी आवागमन सुरु भएको छ।
दशैँमा सल्यानी खुकुरीको माग बढ्यो, कालिगढको अभाव
सल्यान जिल्लाको पहिचानसँग जोडिएको खुकुरीको माग दशैँ नजिकिएसँगै बढेको छ । त्यसैले खुकुरी बनाउने कालिगढहरूलाई यतिखेर भ्याइनभ्याइ छ । आफन्तलाई उपहार दिनेदेखि विदेशमा रहेका परिवारजनलाई चिनो पठाउनेसम्मका लागि खुकुरीको माग हुने गरेको छ । तर, मागअनुसार उत्पादन गर्न भने कालिगढहरूलाई हम्मेहम्मे छ ।
बागलुङको कालिका भगवती मन्दिरमा दशैँको रौनक, सडक अवरुद्ध हुँदा भक्तजन घटे
बडादशैँ सुरु भएसँगै बागलुङका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनहरुको चहलपहल सुरु भएको छ । नेपालकै धार्मिक प्रसिद्ध शक्तिपीठ मध्यको कालिका भगवती मन्दिरमा पनि यसपटक नवरात्रि सुरु भएसँगै भक्तजनहरु पूजा गर्न पुगेका छन् । तर, असोज ९ देखि ११ गते सम्म आएको अविरल वर्षापछि सडक सञ्जाल पूर्णरुपमा सञ्चालन नहुँदा भक्तजनहरुको संख्यामा भने कमी देखिएको छ ।
दशैं–तिहारमा घर फर्किंदै नेपाली, रोजगारीको बाध्यता उस्तै
रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू दशैं–तिहार मनाउन घर फर्किन थालेका छन्।
नवरात्रिका नौ दिन कुन देवीको पूजा, कुन शक्तिपीठमा मेला ?
आइतबारदेखि बडादशैँ सुरु भएको छ । दशैँको पहिलो दिन आइतबार घटस्थापना गरिएको छ । घटस्थापना अर्थात् घरघरमा जमरा राखी वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गर्ने दिन । आइतबार बिहानै नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा विधिपूर्वक घट अर्थात् घैँटो स्थापना गरी जौ, मकै र गहुँको जमरा छरिएको छ । यही जमरा विजयादशमीका दिन टीकासँगै सिउरिने गरिन्छ ।














.png&w=1000&height=0)
















.png&w=300&height=220)





















.png&w=350&height=250)



