कान्तिपुर समाचार, ४ वैशाख २०८१

वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ४ वैशाख २०८१

आजका मुख्य समाचार,

* सहकारी ठगीमा पर्याप्त प्रमाण भए पनि गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइएकामा सरकारी संयन्त्रमाथि नै प्रश्न / सरकारले नै संरक्षण गरेको भन्दै पीडित सडकमा ।

* सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवै नेताको दाबी प्रदेश प्रमुखबाट अस्वीकृत / वैशाख ६ गतेसम्म दाबी पेस गर्न पुन: आह्वान / अदालत जाने कांग्रेसको चेतावनी ।

* सरकारले स्वास्थ्य बीमाको रकम नदिँदा अस्पतालहरु सेवा दिनै नसक्ने अवस्थामा / ४ महिनादेखिको ५ अर्ब भुक्तानी बाँकी / बिमा बोर्ड भने जनशक्ति अभाव देखाएर पन्छिँदै ।

* भारतमा लोकसभा निर्वाचनको अन्तिम तयारी / पहिलो चरणमा शुक्रबार केन्द्रशासित प्रदेशसहित २१ राज्यमा मतदान हुने ।

* १४औं संस्करणको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको पहिलो दिन एथ्लेटिक्सतर्फ ८ स्वर्णको छिनोफानो / हाइजम्पमा गण्डकीका गणेश विकको राष्ट्रिय कीर्तिमान ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement