प्याराग्लाइडिङ पाइलटलाई उदयपुरमा अन्तर्राष्ट्रिय स्तरको तालिम

फाल्गुन १९, २०८० |कान्तिपुर टीभी संवाददाता
प्याराग्लाइडिङ पाइलटलाई उदयपुरमा अन्तर्राष्ट्रिय स्तरको तालिम

उदयपुर । प्याराग्लाइडिङ उडान गरिरहेका पाइलटहरुलाई थप सुरक्षा र सीप विकासका लागि कोशी प्रदेशको उदयपुरमा अन्तर्राष्ट्रिय स्तरको तालिम दिइएको छ ।

फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले आयोजना गरेको तालिममा चीन, हङकहङ, भारत र नेपालमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ उडान गरिरहेका १९ जना पाइलटहरु सहभागी छन् ।

प्याराग्लाइडिङ स्कुलका मुख्य प्रशिक्षक सुरेन गुरुङले बेलका नगरपालिका वडा नम्बर ८ बोप्ताङडाँडा तालिमका लागि उपयुक्त रहेको बताए । दश दिने तालिम थप उपलब्धिपूर्ण रहेको सहभागीहरुले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.