हवाई मार्गबाट २ महिनामा भित्रिए एक लाख ७६ हजार पर्यटक

फाल्गुन १९, २०८० |कान्तिपुर टीभी संवाददाता
हवाई मार्गबाट २ महिनामा भित्रिए एक लाख ७६ हजार पर्यटक

काठमाडौं । हवाई मार्गबाट सन् २०२४ को पहिलो दुई महिनामा एक लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

जनवरीमा ७९ हजार एक सय पर्यटक नेपाल भित्रिएकामा फेब्रुअरीमा ९७ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

जनवरीमा ४३ प्रतिशतले बढेको पर्यटक आगमन फेब्रुअरीमा ३३ प्रतिशतले बढेको हो । जसमा सबैभन्दा बढी भारतबाट २५ हजार पाँच सय, चीनबाट ९ हजार एक सय र अमेरिकाबाट ९ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपाल आउने पर्यटकको संख्या बढेको छ । गत वर्ष फेब्रुअरीमा १९ सय बंगलादेशी पर्यटक आएकामा यस वर्ष चार हजार भित्रिएका हुन् । संख्यात्मक रुपमा कम देखिए पनि वृद्धिदरमा भने यो संख्या ११४ प्रतिशतले बढी हो ।

नेपाल आउने पर्यटकमा ३६ प्रतिशत दक्षिण एसियाली देशका छन् । २४ प्रतिशत अन्य एसियाली देशबाट आएका छन् । त्यस्तै १५ प्रतिशत युरोपियन, अमेरिकन १० र अन्य ९.७ प्रतिशत छन् ।

-फाइल तस्बिर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.