कोपा इटालियाको उपाधि युभेन्टसलाई

जेष्ठ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोपा इटालियाको उपाधि युभेन्टसलाई

काठमाडौं । युभेन्टसले कीर्तिमानी १५ औं पटक कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठुलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको एक मात्र गोल युभेन्टसलाई च्यम्पियन बनाउन पर्याप्त भयो ।

एन्ड्रिया क्याम्बि-यासोको पासमा भ्लाभिकले १२ यार्डको दूरीबाट खेलको निर्णायक गोल गरेका थिए । सर्बियन स्ट्राइकर क्याम्बि-यासोले गरेको प्रहार अफसाइड भएपछि त्यसले गोलको मान्यता पाउन सकेको थिएन । एटलान्टाका एडेमोला लुकम्यान र युभेन्टसका फाबियो मिरेट्टीको प्रहार बारमा लागेर फर्कियो ।

कीर्तिमानी पाँचौ कोपा इटालिया जितेका युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई खेलको अन्त्यतिर रातो कार्ड देखाईपछि उनले टचलाईन छोड्नु परेको थियो ।

यस नतिजापछि सन् १९९३ मा पहिलो पटक कोपा इटालियाको ट्रफी जितेको एटलान्टा यस पटक पनि उपाधि जित्नबाट चुक्यो । एटलान्टालाई अर्को हप्ता लेभरकुसेनविरुद्ध डब्लिनमा हुने युरोप लिग जित्दै उपाधिको खडेरी तोड्ने अर्को अवसर भने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.