काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा गए राति भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । प्लेआफ दौढबाट बाहिरिसकेको पञ्जाबले जारी सिजनको पाँचौं जित हासिल गर्दा अन्तिम ४ मा प्रवेश गरिसकेको राजस्थान लगातार चौथो खेलमा पराजित भयो ।
आफ्नो दोस्रो घरेलु मैदान गुवाहाटीमा राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
राजस्थानका रियान परागले सर्वाधिक ४८ रन बनाए । रविचन्द्र आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु सामसन र टम कोहलर-क्याडमोरले समान १८-१८ रन जोडे । पञ्जाबका स्याम कुरन, हर्शल पटेल र राहुल चहरले २-२ विकेट लिए ।
जवाफमा पञ्जाबले १८ ओभर ५ बलमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । राईलि रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । कप्तान साम कुरनले अविजित ६३ रनको इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच चुनिए । राजस्थानका लागि आभेस खान र युजभेन्द्र चाहलले समान २-२ विकेट लिए ।
यससँगै पञ्जाबले १३ खेलमा १० अक जोडेको छ । पञ्जाब आईपएलिको प्लेअफबाट बाहिरिसेको छ । राजस्थानको १३ खेलमा १६ अंक छ । लगातार चौथो हार बेहोरेपछि राजस्थानले क्वालिफायरमा पुग्न थप प्रतिस्पर्धाको सामना गर्नु पर्ने भएको छ । आईपएलिमा आज सनराईजर्स हैदराबाद र गुजरात टाईटन्स प्रतिस्पर्धा गर्ने छन् ।