कुशल भुर्तेलले लिए वेस्ट इन्डिज 'ए'को तेस्रो विकेट

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुशल भुर्तेलले लिए वेस्ट इन्डिज 'ए'को तेस्रो विकेट

काठमाडौं । नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टी-ट्वेन्टी खेलमा कुशल भुर्तेलले वेस्ट इन्डिज 'ए'को तेस्रो विकेट लिएका छन् । १० औं ओभरको अन्तिम बलमा कुशलले कप्तान रोस्टन चेजलाई बोल्ड गरेका हुन् । 

यसअघि सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए । तेस्रो ओभर बलिङ गर्न आएका ढकालले ओभरको दोस्रो र पाँचौं बलमा विकेट लिएका हुन् । 

दोस्रो बलमा एलिक अथान्जे क्याच आउट भए भने तेस्रो बलमा जोनसन चाल्स बोल्ड भएका हुन् । अहिले वेस्ट इन्डिज 'ए' ले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.