इन्डो नेपाल टी-ट्वेन्टी च्याम्पियनसिप : मधेश प्रदेश फाइनलमा प्रवेश

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
इन्डो नेपाल टी-ट्वेन्टी च्याम्पियनसिप : मधेश प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । भारतको लखनउलाई २ विकेटले हराउँदै इन्डो नेपाल टी-ट्वेन्टी च्याम्पियनसिपको फाइनलमा मधेश प्रदेश प्रवेश गरेको छ । चितवनको निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा मधेशले दुई विकेटको जितसाथ फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४७ रन बनाएको थियो । राम्रो ओपनिङ गर्न नसक्दा लखनउले ४२ रन हुँदा नै तीन विकेट गुमायो ।

शुभम् चौधरी १७, सहिम हशन १० र जयदीप यादव चार रनमा बाहिरिए । सन्दीप मित्तलले ३६ र निखिल प्रतापले १९ रनको योगदान गरे । मधेशका भुलवन साहनीले तीन विकेट लिए भने विशाल पटेल, अभिषेक तिवारी, प्रतिव यादव र अरनिको यादवले समान एकएक विकेट लिए ।

जवाफमा मधेशले दुई बल मात्र बाँकी रहँदा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका दुई खेलाडीले मात्र सम्झनलायक प्रदर्शन गरे । रोहन विकेले ८३ रन बनाए भने अभिषेक तिवारी अविजित रहँदै २३ रन जोडे । लखनउका प्रिन्स शाहीले पाँच विकेट लिए पनि मधेशलाई लक्ष्य पूरा गर्नबाट रोक्न सकेनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement