स्पेनिस फुटबलर जेन्नी हर्मोसोमाथि दुर्व्यवहार गरेको अभियोगमा रुबियालेसलाई साढे २ वर्ष जेल सजाय माग

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
स्पेनिस फुटबलर जेन्नी हर्मोसोमाथि दुर्व्यवहार गरेको अभियोगमा रुबियालेसलाई साढे २ वर्ष जेल सजाय माग

काठमाडौं । स्पेनको उच्च अदालतका एक अभियोजकले खेलाडी जेन्नी हर्मोसोको ओठमा उनको सहमतिबिना अवान्छित चुम्बन गरेका फुटबल महासंघका पूर्व प्रमुख लुइस रुबियालेसलाई साढे २ वर्ष कैद सजाय माग गरेका छन् ।

अभियोजक मार्टा डुरान्टेजले रुबियालेसविरुद्ध यौन दुर्व्यवहार र जबरजस्तीको आरोप लगाउँदै साढे २ वर्ष कैद सजाय माग गरेका हुन् । गत वर्षको अगस्ट २० मा सिड्नीमा भएको महिला विश्वकपमा स्पेन च्याम्पियन बन्दा अवार्ड समारोहमा ४६ वर्षीय रुबियालेसले हर्मोसोको ओठमा चुम्बन गरेका थिए । 

अभियोजकले महिला राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जर्ज बिल्डा, टोलीका वर्तमान खेल निर्देशक अल्बर्ट लुक र फेडरेसनका मार्केटिङ प्रमुख रुबेन रिभेराले हर्मोसोलाई चुम्बन सहमतिमा भएको स्वीकार गर्न दबाब दिएको आरोपसमेत लगाएका छन् । तर, अदालतमा हाजिर हुँदा तीनै जनाले गल्ती अस्वीकार गरेका छन् । डुरान्टेजले हर्मोसोलाई ५ लाख युरो क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement