दुई घण्टा ढिलो गरेर सुरु भयो प्रतिनिधिसभा बैठक

वैशाख २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुई घण्टा ढिलो गरेर सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरेर शुरु भएको छ । दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक ४ बजेपछि मात्र बसेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र मात्रै वाचन गर्न दिने र थप कार्यक्रम अघि बढाउन नदिने अडान राखेको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेस सहकारीको रकम अपचलन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने अडानमै रहेपछि सदनको बैठकमा ढिलाइ भएको हो ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण जेठ १५ मा संसद्‍मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.