काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने भएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम संसद् बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।
त्यसैगरी सरकारले १९औं एसियाली खेलकुदमा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले नेपाल प्रहरीका दुईजना नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै समाज कल्याण परिषद्को रिक्त उपाध्यक्षमा नन्दलाल माझी र भाषा आयोगको रिक्त सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यो पनि...
मन्त्रिपरिषद् निर्णय : खेलाडी र प्रशिक्षकलाई ३ करोड नगद पुरस्कार, क्रिकेटले २ करोड ५ लाख पाउने