कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति लक्षित गरी संसदीय समितिको माग गरेको भन्दै छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ । मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताउनु भयो । तर अरुलाई निषेध गर्ने तरिकाबाट प्रस्तुत हुने कुरा राम्रो नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, 'कांग्रेसले व्यक्ति विशेष गृहमन्त्री लक्षित मात्रै समितिको कुरा राख्नुभएको छ । त्यो कुरा सम्भव छैन । समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत काम गर्ने कुरा अस्वीकार्य छैन । फलानो व्यक्ति दोषी छ, फलानो व्यक्ति केन्द्रित गरिएको छ, भन्ने कुरामा हाम्रो सहमति छैन ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.