काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले बेरोजगारी नै देशको मुख्य समस्या भए पनि सरकारले समाधान गर्न नसकेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र विषयमा आयोजित छलफलमा अध्यक्ष राउतले संविधानमा समाजवादउन्मुख भनेर लेखिएकाले निजी क्षेत्रबाट लगानी भएर आर्थिक विकास हुने सम्भावना कम हुँदै गएको टिप्पणी गर्नुभयो ।
उहाँले शीर्ष राजनीतिक दलहरु जनताका आधारभूत समस्या बुझ्न र त्यसलाई समाधान गर्नबाट चुकिरहेको आरोपसमेत लगाउनुभयो ।
विस्तृत भिडियोमा :