प्रधानमन्त्रीको आश्वासन- यसपालिको बजेटमा मधेशलाई प्राथमिकता

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको आश्वासन- यसपालिको बजेटमा मधेशलाई प्राथमिकता

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा मधेशले पहिलो प्राथमिकता पाउने बताउनुभएको छ । मानव सूचकांकमा पछाडि रहेको मधेस समृद्धिका लागि बजेट पहिलो प्राथमिकतामा रहेको बताउनु भएको हो ।

सर्लाहीको बलरा नगरपालिका ८, गडहिया डुमरियास्थित जनता नमुना माविको नवनिर्मित भवन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योजना आयोग र अर्थ मन्त्रालयलाई मधेसको योजना अभियानको रुपमा लैजानुपर्ने निर्देशन दिएको जानकारी दिनुभयो ।

मधेशमा आगलागीका कारण नागरिकले निकै क्षति बेहोरेको भन्दै प्रधानमन्त्री दाहालले क्याबिनेटबाट आगालगीजस्ता विपद् व्यवस्थापनका लागि तत्काल जनही ५० हजार रुपैयाँ पीडितलाई दिने निर्णय भएको जानकारी दिनुभयो ।

आगलागी पुनःस्थापनाका लागि पीडितले राज्यको नीतिअनुसार जनही तीन लाख रुपैयाँसम्म क्षति दिने प्रावधान रहेको जनाउँदै दाहालले अग्निपीडितको सहानुभूतिका साथ सहयोग गर्ने घोषणा गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.