कपिलवस्तुमा बाढीले बगाएर एक जनाको मृत्यु

वैशाख ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कपिलवस्तुमा बाढीले बगाएर एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर

कपिलवस्तु । वाणगंगा नगरपालिका-७, स्थित कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान दाउरा लिन खोलामा गएका बेला स्थानीय ४० वर्षीय लौटन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । 

राति परेको अविरल वर्षापछि भेलसँगै आउने दाउरा लिन श्रीमान-श्रीमती घर भएको ठाउँ बाणीगाउँ नजिकै रहेको कोइली खाेलामा गएका थिए ।  श्रीमानले निकालेको दाउरा राख्न श्रीमती घरमा गएका बेला श्रीमानलाई बाढीले बगाएको थियो । बिहान ११ बजेतिर लौटनको शव कपिलधाम नजिकै झाडीमा माछा मार्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement