रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
रक क्लाइम्बिङ गर्दा लडेर एक युवाको मृत्यु

खोटाङ । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवाको मृत्यु भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा बिहीबार बेलुकी रक क्लाइम्बिङ गर्ने क्रममा दिक्तेल हाटडाँडाका ३२ वर्षीय सूचन राईको मृत्यु भएको हो ।

भिरबाट लडेपछि साँझ ६ बजे उनलाई जिल्ला अस्पतालमा ल्याइएको थियो । ७ बजेतिर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

करिब ३२ मिटर अग्लो मझुवाभिरमा गत चैत अन्तिममा रक क्लाइम्बिङको परीक्षण गरिएको थियो । नेपाल नेसनल माउन्टेन गाइडले रुट बनाएको थियो । रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको थियो । तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका पाँच गरी १२ जनाले तालिम लिएका थिए । यसमध्ये सूचन पनि एक थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.