विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङको पुतला दहन गरेको छ ।
संविधानको गलत बाटो हुँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गराएको आरोप लगाउँदै महानगर कमिटीले बिहीबार साँझ विराटनगरस्थित महेन्द्र चोकमा पुतलादहन गरेको हो । कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनुलाई गलत अभ्यास भएको बताउनुभयो ।
हाल देखिएको परिस्थितिबारे प्रदेश प्रमुखले राजनीतिक राय सरसल्लाह नलिकन चालेको कदमप्रति गम्भीर आपत्ति रहेको सभापति चापागाईंले बताउनुभयो । उहाँले संविधानको मर्मअनुसार प्रदेश र केन्द्र चल्नुपर्ने माग गर्नुभयो । संविधान र संघीयताविरुद्ध केही षड्यन्त्र भए कांग्रेसले प्रतिवाद गर्ने उहाँको भनाइ छ ।
यो पनि...
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै केदार कार्कीद्वारा सर्वोच्चमा रिट