जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिनका लागि बन्द

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिनका लागि बन्द

धनुषा । नेपालको एक मात्र जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिनका लागि बन्द भएको छ ।

भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत सीमा बन्द गरिएका कारण रेल सेवा तीन दिनका लागि बन्द गरिएको हो । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुँदैछ ।

नेपाल रेल वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले सूचना जारी गर्दै आजदेखि मंगलवारसम्म तीन दिन जयनगर-जनकपुर-भंगहा खण्डमा संचालित रेल सेवा पूर्ण रुपमा बन्द रहने जनाउनु भएको छ । आज राति १२ बजेदेखि मंगलबार १२ बजेसम्म दुई देशबीच पैदल आउजाउमा समेत रोक लगाइएको छ ।

नेपाल र भारतका सीमावर्ती क्षेत्रमा कुनै पनि तहको निर्वाचन हुँदा ३ दिनसम्म सीमा बन्द हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.