रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका जुगारमा आगलागीबाट २ घर र १० वटा गोठ जलेका छन् ।
त्रिवेणीको जंगलमा बिहीबारदेखि लागेको डढेलो बस्तीमा पस्दा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ र ६ का २ घरका साथै १० वटा गोठ जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
अहिले पनि त्रिवेणी गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ र ७ को जंगलमा लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
उता काभ्रेको बेथानचोक गाउँपालिकाको भुग्देउमा हिजो राति विद्युत सर्ट भई आगलागी हुँदा भुग्देउ निवासी सुदीप ओझाको घर जलेको छ । बिहान ३ बजे स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले बताएको छ ।