काभ्रेको महादेवटारमा आगलागी, १४ घर जले

वैशाख १८, २०८१ |पुजन धिताल
काभ्रेको महादेवटारमा आगलागी, १४ घर जले

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-४, महादेवटार सामुदायिक वनमा लागेको आगो सानोकोटा गाउँमा पुग्दा १४ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो हावाले फैलिएर गाउँमा पुगेको थियो ।

प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनमा लागेको आगो भने नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । 


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।