विदेश पठाइदिने भन्दै ४ सय २२ जनालाई ठगी, गिरोह पक्राउ

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेश पठाइदिने भन्दै ४ सय २२ जनालाई ठगी, गिरोह पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४ सय २२ जनासँग रकम लिई ठगी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाउने भन्दै ठगी गर्ने धादिङ धुनिबेसी नगरपालिका-४ का जीवन गौतम बताउने रमेश बयलकोटी र कालीकोट छाप्रेका दर्शन नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्विया, क्रोशिया लगायतका देशमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जनाउनु भयो ।

उनीहरुले ४ सय २२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताई शुरुमा ५० हजारदेखि ३ लाख रुपैयाँ लिने र भिजा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाएरै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । 

उनीहरुका साथबाट राहदानी लगायतका महत्वपूर्ण कागजातका फाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । ४ सय २२ जनाबाट करिब ३ करोड रुपैयाँभन्दा बढी रकम उठाएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.