सप्तरी । सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टी टाेलमा आज दिउँसो भीषण आगलागी भएको छ । दिउँसो करिब २ बजेदेखि लागेको आगो चार घण्टापछि पनि पूर्ण रुपमा नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि ४ वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीय बासिन्दा जुटेका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीमा परी करिब १ सय परिवारका २ सयभन्दा बढी घर-टहरा जलेका छन् । आगलागीको सम्पूर्ण विवरण नआइसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चिम्टी टोलमा यादव र मुसहर समुदायकाे बस्तीमा आगोले क्षति पुर्याएको छ ।