दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

दाङ । दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ । पश्चिम दाङदेखि तुलसीपुर आउँदै गरेको रा.५प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर ७, खैरेनी प्रतीक्षालयनजिकै पैदलीयात्रीलाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर ७, खैरेनी बस्ने ७२ वर्षीय शमशेर थापा छन् ।

मोटरसाइकलको ठक्करबाट घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारक्रममा बिहीबार साँझ ७ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा बबई ३, हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक, मोटरसाइकलको पछाडि बसेका बाँके घर भएका २५ वर्षीय प्रकाश रसाइली छन् ।

घाइतेमध्ये रसाइलीको अवस्था सिकिस्त छ । उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । अर्का घाइते विकको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.