रुकुमपश्चिम । रुकुमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित विद्यार्थीलाई बहुउपयोगी झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।
भूकम्पका कारण घर र विद्यालय भत्किएकापछि साँघुरो ठाउँमा वितरित झोलालाई नै विद्यार्थीले डेस्कका रूपमा उपयोग गर्न सक्ने भएका छन् ।
सानीभेरी गाउँपालिकाका १९ सय ९६ र आठवीसकोट नगरपालिकाका २ सय ६८ जना १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको हो ।