पोखरामा सहकारी पीडितको प्रदर्शन, भन्छन्- फरार आरोपीलाई चाँडो पक्राउ गर्

प्रहरीद्वारा ११३ जनाविरुद्ध पक्राउपुर्जी जारी
वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा सहकारी पीडितको प्रदर्शन, भन्छन्- फरार आरोपीलाई चाँडो पक्राउ गर्

पोखरा । बचतकर्ताको रकम फिर्ता र ठगी गरी फरार आरोपितलाई छिटो पक्राउ गर्न माग गर्दै पोखराका सहकारीपीडितले प्रदर्शन गरेका छन् ।

दुई वर्षदेखि आन्दोलन गर्दै आएका पोखराका ६ वटा सहकारीपीडितले सोमवार बृहत र्‍याली निकालेर प्रशासन र सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले रकम हिनामिनाको आरोप लागेपछि फारार जीबी राई, देवबहादुर नेपालीलगायत आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले रकम हिनामिनामा धेरैखाले व्यक्तिहरु जोडिएको र सरकारले आरोपितलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।

पीडितहरूले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा, प्रमुख जिल्ला अधिकारी वसुदेव घिमिरे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार करिब दुई हजार बचतकर्ताले तीन अर्ब ६० करोड ठगी भएको भन्दै उजुरी दिएका छन् । उजुरीका आधारमा एक सय १३ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउपुर्जी जारी भएकामध्ये २९ जना मात्र पक्राउ परेका छन् ।

कास्कीमा सूर्यदर्शन, इमेज, शिवशिखर, मित्रमिलन, बलिदानी, बिन्दावासिनीलगायत ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement