मन्त्रिपरिषद् बैठक बस्दै, विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेशमार्फत १० वटा ऐन संशोधन गरिँदै

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् बैठक बस्दै, विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेशमार्फत १० वटा ऐन संशोधन गरिँदै

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंदरबारमा अहिले केहीबेरमा बस्ने बैठकले लगानीका लागि बाधक मानिएका ऐनहरु संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गर्ने जनाइएको छ ।

उद्योग स्थापना, सन्चालन तथा सुरक्षासँग सम्बद्ध विभिन्न १० ऐन संशोधन गर्ने सरकारको तयारी छ । तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement