वर्ष पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पन्तलाई सम्मान

वैशाख ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्ष पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पन्तलाई सम्मान

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले कान्तिपुर टेलिभिजन सुर्खेतका संवाददाता कमल पन्तलाई वर्ष पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेतको १२औं अधिवेशन तथा साधारणसभामा प्रदेश प्रमुख तिलक परियारले पन्तलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा महासंघ विभिन्न विधाका आठजना क्रियाशील पत्रकारलाई सम्मान गरिएको थियो ।

सम्मान हुने पत्रकारमा आकाशतारा बयक, डिलु रावत, नवीन सुवेदी, ओम शाही, चन्द्रा कँडेल, शेरबहादुर थापा र मीनबहादुर रावल छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement